Government of Nepal.
background

ABOUT

About OTCC

अङ्ग प्रत्यारोपण समन्वय समिति (OTCC)


मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १२ को उपदफा() मा सो ऐनमा लेखिएक अन्य काम,कर्तब्य तथा अधिकारका अतिरिक्त अङ्ग प्रत्यारोपण सम्बन्धमा नीति,योजना तथा कार्यक्रम तयार गरी नेपाल सरकारमा पेश गर्नको लागि देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरु भएको एक अङ्ग प्रत्यारोपण समन्वय समिति गठन हुनेछ भन्ने व्यवस्था रहेको छ ।

१. नेपाल सरकारले मनोनित गरेको वरिष्ठ चिकित्सक - अध्यक्ष

२. नेपाल सरकारबाट मनोनित चिकित्सक तीन जना - सदस्य

३. प्रतिनिधि, राजपत्राङिकत प्रथम श्रेणी वा सो सरह मन्त्रालय- सदस्य

४. प्रतिनिधि, कानून,न्याय तथा संसदीय मामिला मन्त्रालय - सदस्य

५. प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल- सदस्य

६. प्रतिनिधि, नेपाल मेडिकल एशोसिएशन - सदस्य

७. महानिर्देशक, स्वास्थ्य सेवा विभाग- सदस्य सचिव

हाल अङ्ग प्रत्यारोपण समन्वय समितिमा देहाय बमोजिमका पदाधिकारीहरु हुनुहुन्छ ।

. डा. पुकार चन्द्र श्रेष्ठ - अध्यक्ष

. डा. कृष्णप्रसाद अधिकारी- सदस्य

. डा. कृष्णप्रसाद पौडेल -सदस्य

. डा. महेश बहादुर अधिकारी -सदस्य

. डा. प्रविण विक्रम थापा- सदस्य

. डा. अनिल विक्रम कार्कि - सदस्य

. डा. महेश राज सिग्देल- सदस्य

. डा. संगिता कौशल मिश्रा - सदस्य सचिव